Radio Golden Live..

प्रधानमन्त्रीले काममा फोकस दिएनन् : गगन थापा

काठमाडौं । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले काममा फोकस गर्न नसकेका कारण परिणाम नआएको जिकीर गरेका छन । बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री अलमलिएको, काममा फोकस हुन नसकेको आफुले पाएको बताएका हुन् । प्रधानमन्त्रीको चाहना देश विकासका लागि राम्रो भए पनि विकास कसरी गर्न सकिन्छ भन्ने बुझ् नसकेको उनले बताए । थापाले पार्टी सभापतिको पनि आलोचना गरेका छन । प्रमुख प्रतिपक्षको रुपमा सरकारलाई सहयोग गरेको तर,आबश्यकता अनुसार दबाव सिजर्ना गर्न नसकेको उनले बताए । संसदमा पार्टीका सभापती लगाएत दास्रो तहका नेताहरुले सरकारको काम कारवार्ही प्रति प्रश्न गर्न नसकेको आरोप थापाले लगाएका छन । प्रतिपक्षी दलदका रुपमा नेपाली कांग्रेसले भूमिका खेल्न नसकेको थापाको जिकीर थियो ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]