Radio Golden Live..

अधिनायकवादको विरोध गर्न कार्यकर्तालाई देउवाको निर्देशन

रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता र कार्यकर्ताहरु आफूविरुद्ध लाग्ने गरेको तर अधिनायकवादतिर लम्केको ओली सरकारको विरोध नगरेको आरोप लगाएका छन । सभापती देउवाले सरकारका गतल कामका बारेमा बोल्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्नसमेत गरेका थिए ।नेकपाका नेता माधवकुमार नेपाल केपी ओली सरकारविरुद्ध बोलिसके तर कांग्रेसका कार्यकता सरकारको अव्यवारिक काम प्रति हिम्मत गर्न नसकोको बताएका छन । सरकारको गलत कदमविरुद्ध नबोल्दा सरकार थप अधिनायकवादतर्फ लम्किएको देउवाले टिप्पणी गरे ।

गोल्डेन खबर 

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]