Radio Golden Live..

डडेल्धुरामा बस दुर्घटना,कम्तीमा १२ जनाको मृत्यु

धनगढी । डडेल्धुराको रडुवाखोलामा बस दुर्घटना भएको छ। से१प २९३ नम्बरको बस सडकबाट ३ सय मिटर तल खसेको हो।जिल्लाको अमरगढी नगरपालिका, ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु चढेको बस गन्यापधुरा गाउपालिकाको रडुवाखोलामा दुर्घटना परेको डडेल्धुरा प्रहरीले जनाएको छ।

दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको सुदूरपश्चिम प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ।बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको बताइएपनि मानविय क्षतिबारे खुल्न सकेको छैन। बसमा ४० भन्दा बढी सवार रहेको बताइएको छ। अहिले प्रहरी त्यहाँ पुगेको र उद्दार कार्य भइरहेको छ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]