Radio Golden Live..

शहीद स्मारक ए डिभिजन लिगमा तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्। पहिलो खेल विभागीय डर्बीबीच हुने छ। खेल एन्फा टेक्निकल सेन्टरमा बिहान ११ बजे सुरु हुने छ। खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। मैदान उत्रिँदा दुवै टोली आफ्नो विभागीय वर्चस्व कायम गर्ने ध्याउन्नमा हुनेछन्। दुवै टोलीले २ खेलबाट समान ४ अंक जोडेका छन्। दोस्रो खेलमा मच्छिन्द्र र संकटा क्लबले प्रतिस्पर्धा हुने छ। खेल काठमाडौंको हलचोक मैदानमा हुनेछ। तेस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ आमने सामने हुने भएका छन्। प्रतियोगिताको पुछारमा रहेको ब्रिगेड ब्वाइज प्रतियोगितामा अंक जोडन संघर्षरत छ। एपीएफले दुई खेलबाट ४ अंक जोडेको छ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]