Radio Golden Live..

रिसेप्शन पछि दीपिका र रणवीर आफ्नो काममा फर्कदै

दीपिका पादुकोण र रणवीर सिंहले २१ नोभेम्बरमा बैङ्गलोर मा आफ्नो पहिलो रिसेप्शन सकेर मुम्बई फर्केका छन् ।उनीहरुले १४(१५ नोभेम्बरमा इटालीको लेक कोमोमा विवाह गरेका थिए ।अब उनीहरुले मुम्बईमा थप दुई वटा रिसेप्शनको आयोजना गर्नेछन् । तेस्रो रिसेप्शनको कार्ड अभिनेत्री मनीषा कोइरालाले शेयर गरेकी थिइन् ।सबै रिसेप्शन सकेपछि दुवैजना आफ्नो काममा फर्कनेछन् ।दीपिका एसिड पीडित लक्ष्मी अग्रवालमाथि बनिरहेको चलचित्रमा मुख्य भूमिकामा काम गर्नेछिन् ।यो चलचित्रको छायांकन मार्चमा सुरु हुनेछ ।रणवीर सिंह फिल्म सिम्बा को प्रमोशनमा व्यस्त हुनेछन् भने दीपिका पादुकोण मार्च २०१९ पछि मात्रै काममा फर्कनेछिन् ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]