Radio Golden Live..

प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले चार देशका राजदूतको सुनुवाइका लागि उजुरी आह्वान गरेको छ। समितिले सूचना जारी गरी भारतका लागि राजदूतमा सिफारिस नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्स युएइका लागि कृष्णप्रसाद पाण्डे र इजरायलका लागि अञ्जान शाक्यमाथि उजुरी गर्न भनेको हो। शुक्रबारदेखि मंसिर १७ गतेसम्म उजुरी दिन सकिने छ। उजुरी गर्नेलाई आफ्नो नाम, थर र वतन स्पष्ट रूपमा खुलाउन पनि भनिएको छ। नाम गोप्य राख्न चाहेमा समितिले नाम थर र वतन गोप्य राख्ने पनि जनाएको छ। उजुरी ७७ वटै जिल्ला प्रशासन कर्यालय वा संसदीय सुनुवाइ समितिको कार्यालयमा दिन सकिने समितिले जनाएको छ।


गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]