Radio Golden Live..

इँटाभट्टामा पुरिएर मजदुरको मृत्यु

काठमाडौं । इँटाभट्टामा राखिएको माटोको ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुङ्गलमा माटोको ढिस्कोले पुरिँदा बागलुङका ३९ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको हो ।
प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० वसन्त लामाका अनुसार हिरा इँटा उद्योगमा राखिएको माटोको ढिस्कोमा उनी पुरिएका थिए ।

पुरिएको देखेर त्यहाँ रहेका अन्य मानिसले निकालेर अस्पताल लगेका थिए तर बेहोसी अवस्थामा अस्पताल पुर्‍याइएका उनको स्थानीय ओमः समाज हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]