Radio Golden Live..

पछिल्लो एक वर्षमा बलात्कृत हुने बालिका धेरै

काठमाडौं । पछिल्लो एक वर्षमा मात्र एक हजार ७ सय ४१ जना महिला हिंसाबाट पीडित भएको तथ्य सार्वजनिक भएको छ ।महिला पुनस्र्थापना केन्द्र आरेकले गत जुनदेखि हालसम्म गरेको अध्ययनअनुसार सबैभन्दा बढी ११ सय ४० जनामाथि घरेलु हिंसा भएको छ भने १३० जनामाथि बलात्कार भएको छ । त्यस्तै ११ चेली बेचिए भने हिंसा सहन नसकेर १० जनाले आत्महत्या गरेको पाइएको छ ।
आरेकले पछिल्लो एक वर्षका महिला हिंसाका घटनालाई समेटेर अन्वेषी नाम पुस्तक प्रकाशन गरेको छ । पुस्तकअनुसार सबैभन्दा बढी हिंसा प्रदेश १ मा भएको छ । प्रदेश एकमा ५९५ जना हिंसाबाट पीडित भएका छन् । प्रदेश २ मा ४६२, ३ मा १०५, ५ मा ४१४, ७ मा १२७, र ६ मा २५ र ४ मा १३ वटा हिंसा भएको अनुसन्धानले देखाएको छ ।आरेकले घरेलु, सामाजिक, औनिक हिंसा, बलात्कार, बेचविखन र ओसारपार, हत्या, आत्महत्या र अन्य हिंसाको अध्ययन गरि प्रकाशन गरेको तथ्यांकलाई देशको पूर्ण विवरण मान्न त सकिँदैन तर, यसले समाजको चरित्रलाई उदांगो पारेको छ ।

हिंसाका एकमुस्ट तथ्यांक रुपमा सार्वजनिक गर्ने सरकारको आधिकारिक निकाय नहुँदा वास्तविक तथ्य वाहिर आउन गाह्रो परिरहेको छ ।यो वर्ष मात्र १३० जनामाथि बलात्कार भएको छ भने ३७ जनालाई बलात्कारको प्रयास गरिएको ओरेकको तथ्यांक देखाउँछ । प्रहरीको तथ्यांकअनुसार गत वर्ष १४ सय ८० जना महिला तथा बालिका बलात्कृत भएका थिए ।

यो वर्ष सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका ६३ प्रतिशत बालिका बलात्कृत भएकी छन् भने ३६ वर्षभन्दा माथि उमेरका महिला ४ प्रतिशत छन् । ओरेकको तथ्यांकले ४६ प्रतिशत वलत्कारको घटना छिमेकीबाट हुने गरेको देखाउँछ । १६ प्रतिशत बलात्कार परिवारकै सदस्यबाट भएको छ । परिचितबाट ५ प्रतिशत बलात्कारका घटना भएका छन् ।७९ प्रतिशत हिंशा साक्षर महिलामाथि भएको अनुसन्धानले देखाएको छ । आफ्नै श्रीमानबाट पीडित१३४५ जना आर्थात ७५ प्रतिशत हिंसा विवााहित महिलामाथि भएको छ । हिंसा पीडित अन्य २९१ जना महिला निरक्षर छन् ।

सबैभन्दा बढी ६५ प्रतिशत महिला घरेलु हिंसाबाट पीडित भएका छन् । त्यसमध्ये पनि ५३ प्रतिशत महिला त आफ्नै श्रमानबाट हिंसाको पीडित हुनु परेको छ । आफ्नै श्रीमानबाट हिंसा भोगेका ९२९ छन् भने २९८ लाई परिवारको सदस्यले हिंसा गरेका छन् । कम उमेरमै विवाह गर्नेहरुले बढी घरेलु हिंसा भोग्नुपरेको पुस्तकमा उल्लेख छ । त्यस्तै, ५६ प्रतिशत हिंसा घरमा काम गर्ने महिलामा भएको छ ।हिंसाबाट पीडित अधिकांशलाई मानसिक असर परेको ओेरेकको अध्ययनले देखाएको छ । हिंसाबाट पीडित ८८३ जना महिलामा मानसिक असर देखिएको छ । त्यस्तै, ५५२ मा शारिरिक, ९३ मा आर्थिक, ५६ मा सामाजिक र १५७ जनामा सबै खाले असर परेको ओरकेले बताएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]