Radio Golden Live..

देश निर्माणमा सहभागी हुन सबैलाई प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा सहभागी हुन सबैलाई पुनः आह्वान गरेका छन ।प्रधानमन्त्री ओलीले सरकारको एक्लो प्रयासले मात्रै देश बनाउन नसकिने पनि स्पष्ट पारे ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले देशको आर्थिक विकासमा सक्दो योगदान दिन उद्योगीहरुलाई पनि आग्रह गरेका छन ।

उनलले आर्थिक उन्नतिकै लागि सरकारले सबै नागरिकलाई उत्तिकै सम्मान, सुरक्षा र अवसरको प्रत्याभूति गराउने प्रयोस गरिरहेको दावीसमेत दिए । प्रधानमन्त्री ओलीले देशलाई छिट्टै उच्च आर्थिक वृद्धिदर भएको देश बनाउने सकिने महत्वकांक्षी योजना पनि सार्वजनिक गरे ।

देशमा रहेको खानी, फलाम, पानीलगायतका प्राकृतिक स्रोतहरुको उचित परिचालन गरेर देशलाई छिट्टै उच्च आर्थिक वृद्धिदर भएको देशमा परिणत गर्न सक्ने प्रधानमन्त्री ओलीको योजना छ । तर त्यसका लागि हरेकले एक कदम अघि बढेर काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]