Radio Golden Live..

इटाली सरकारले घाटा बजेटलाई घाटाउने भनेपछि मिलानको शेयर बजारमा चमक

काठमाडौं । इटालीका उपप्रधानमन्त्री लुइजी डी माइओले प्रस्तावित बजेट घाटालाई कम गर्न सरकार तत्पर एवम् खुला रहेको बताएका छन् । उक्त निर्णयले ब्रसेल्ससँगको आर्थिक गतिरोधलाई निकास दिने विश्वासले इटालीको स्टक बजारलाई प्रोत्साहन गरेको छ ।ब्रसेल्समा मुख्यालय रहेको यूरोपेली आयोगले सरकारद्वारा प्रस्तावित घाटा बजेटले खर्च र घाटालाई कडा रूपमा बढाउने जनाएको छ । वर्तमान सरकारको कुल ग्राहस्थ उत्पादनमा पूर्ववत सरकारको पालामा रहेको ०।८ प्रतिशतबाट २।४ प्रतिशत पु¥याउने घोषणाले इटालीको यस पहिलेदेखि रहँदै आएको ऋणको बोझमा थप बोझ थोपर्ने आयोगको भनाइ रहेको छ ।

यदि वार्ता प्रक्रियामा बजेट घाटालाई व्यापक नभएपनि केही हदसम्म कम गर्न सकिएमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ, दि माइओले इटालीको रेडियो ¥याडिकलसँगको कुराकानीमा बताएका छन् ।महत्वपूर्ण कुरा के हो भने बजेटबारे प्रस्तावित उपायले एक जनालाई पनि छोड्ने छैन, पेन्सन सुधार तथा सबैखालका आधारभूत आम्दानीबारे सत्ताधारी गठबन्धनले निर्वाचनका समय जनाएको प्रतिवद्धताका सन्दर्भहरु उनले उठाए । यसमा समस्या भनेको सङ्ख्या होइन तर जनता हो, संस्थापन इतर पक्ष फाइभ स्टार मुभमेन्ट प्रमुख हो, डि माइओले थपे ।

इटालीको दक्षिणपन्थी दलहरूको गठबन्धनमा रहेका नेताहरू प्रधानमन्त्री जिउसेप्पी कोन्टे, वित्त मन्त्री जिओभानी ट्रिआ, डि माइओ र अर्का उपप्रधानमन्त्री माट्टेओ साभिनीले सोमबार साँझ बजेटका सम्बन्धमा छलफलसमेत गरेका छन् ।डी माइओको बजेटसम्बन्धी प्रतिक्रियाले मिलानको स्टक बजारलाई ह्वात्तै बढाएर सोमबार विहान १० बजेभित्रै ३।०७ प्रतिशत अङ्कको वृद्धि भएको छ ।इटालीमा १० बर्षको अवधिको सरकारी ऋणको परिमाण र जर्मनीको सोही अवधिको सरकारी ऋणको तुलना गर्दा २८३ अङ्कको भिन्नता देखिन्छ, जुन शुक्रबार ३०७ अङ्कमा रहेको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]