कैलाली । सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव ०७५र७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका लागि करिब ६७ हजार जनाले आवेदन दिएका थिए ।
त्यसैगरी सेती अञ्चल यातायात कार्यालयले चालु आवमा हालसम्म झण्डै रु १२ करोड राजश्व सङ्कलन गरेको छ ।कार्यालयले सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, यातायात क्षेत्रको आम्दानी, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने कर लगायतका राजश्व शीर्षकबाट १२ करोड ३८ लाख ७५ हजार राजश्व सङ्कलन गरेको हो ।