Radio Golden Live..

गण्डकी प्रदेश समन्वय परिषदको बैठक भोली

पोखरा । गण्डकी प्रदेशले भोली प्रदेश समन्वय परिषदको बैठक गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा हुन लागेको परिषदको दोस्रो बैठक २ दिनसम्म चल्ने सरकारका प्रवत्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

पहिलो दिन संघ र स्थानीय तहको अन्तरसंवन्ध, संघीयताको अभ्यास, वित्तीय व्यवस्थापन तथा योजना तर्जुमाका सम्बन्धमा कानुन निर्माण र कार्यान्वयनका विषयमा छलफल हुनेछ।दोस्रो दिनको बैठकमा सञ्चालन कार्यविधि पारित गरे पछि चल्ने छ ।

संवैधानिक व्यवस्था बमोजिम प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा हुने उक्त बैठकमा प्रदेशभरीका स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको उपस्थिति रहने बस्नेतले जानकारी दिए।उक्त बैठकमा प्रदेश सरकारले तयार पारेको पाँचबुँदे प्रतिबेदनमाथि छलफल हुनेछ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]