Radio Golden Live..

अर्को साता सुकी नेपाल आउने

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी नेतृ आङ सान सुकी अर्को साता नेपाल आउने भएकी छन्।प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि सुकी नेपाल आउन लागेकी हुन्।उनी काठमाडौं हुँदा एसिया प्यासेफिक समिटमा पनि सहभागी हुनेछन्। मंसिर १४ देखि १७ सम्म समिट हुँदैछ।

यसअघि सन् २०१४ मा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सुकी नेपाल आएकी थिइन्।२०१५ मा भएको आमनिर्वाचनमा सुकीको पार्टी सत्तामा आएपछि सुकी पहिलो पटक नेपाल आउन लागेकी हुन्।पछिल्लो समय म्यानमारका रोहिंग्या समुदायमाथि भएको सरकारी दमनको विरोध नगरेको भन्दै सुकीको आलोचना भइरहेको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]