Radio Golden Live..

संखुवासभामा चार वर्षीया बालिका बलात्कृत

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिकामा आफ्नै काकाबाट नाबालिका भतिजी बलात्कृत भएकी छिन् ।आइतबार बिहान अन्दाजी ११ बजेको समयमा आफ्नै ४ वर्षकी नाबालिका भतिजीलाई जबरजस्ती करणी गरी २२ वर्षीया काका फरार भएका थिए ।

पीडित बालिकाको परिवारले दिएको उजुरी र हुलियाको आधारमा खोजतलास गर्दा पाँचखपन नगरपालिका–१, मा बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको संखुवासभाका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिए ।उनका अनुसार अभियुक्तलाई प्रहरीले पक्राउ गरेपछि जिल्ला अदालत चैनपुरबाट जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]