Radio Golden Live..

निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यमा सुधार

काठमाडौं । निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।त्रिवि शिक्षण अस्पतालमा यज्ञराज पन्तको उपचार भइरहेको छ । उनलाई ल्याउँदाको अवस्था भन्दा अहिले धेरै सुधार भएको डाक्टर सरोज ओझाले बताए । डाक्टर ओझाले तनावका कारण केही फरक व्यवहार देखिएको भए पनि यज्ञराज पन्तको मानसिक स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

यज्ञराज पन्तको स्वास्थ्य परीक्षणकै क्रममा रहेको पनि डाक्टरले बताएका छन् । बलात्कारपछि हत्या भएकी १३ वर्षकी छोरी निर्मलाको न्यायका लागि धर्नामा बसेका यज्ञराजले असामान्य व्यवहार देखाउन थालेपछि आइतबार उपचारका लागि उहाँलाई काठमाडौंको शिक्षण अस्पताल ल्याइएको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]