Radio Golden Live..

कानुन निर्माणमा तदारुकता देखाउन सभामुख महराको आह्वान

काठमाडौं ।  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारलाई कानुन निर्माणमा तदारुकता देखाउन आह्वान गरेका छन्। सभामुख महराले सरकारलाई संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेर विजनेस समेत दिन आग्रह गरेका छन ।  राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले सिंहदरबारमा आयोजना गरेको ऐन कार्यान्वय, मापन तथा अध्ययन अनुसन्धानसम्बन्धी एक दिने गोष्ठीको उद्घाटन शत्रमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई कानुन निर्माणमा तदारुकता देखाउन आग्रह गरेका छन्। महराले फागुन २१ गतेसम्म तीन सय ३९ वटा कानुनलाई संविधानको मर्म अनुसार परिमार्जन गर्नु पर्ने भए पनि हालसम्म एउटा पनि विधेयक संसदमा पेश नभएको बताए। फागुन लागेपछि विधेयक पेश गरेर काम गर्न नसकिने समेत उनले जानकारी गराए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]