Radio Golden Live..

६६ लाख भ्रष्टाचार गरेको आरोपमा युवती पक्राउ

दाङ । सहकारी संस्था रकम हिनामिना गरेको आरोपमा सहकारीका व्यवस्थापक पक्राउ परेकी छन्। राप्ती गाउँपालिका–५ सिसहनियाँमा रहेको प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा रमिता चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। चौधरीलाई घोराहीबाट काठमाडौं जाँदै गरेका बेला भालुबाङ बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनका श्रीमान सन्तकुमार चौधरी फरार छन्। यसअघि उक्त सहकारीकै रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता कारागार चलान भइसकेका छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]