Radio Golden Live..

विषालु च्याउ खाँदा १ को मृत्यु, ४ घाइते

ओखलढुंगा ।  विषालु च्याउ खाँदा खिजीदेम्वा गाउँपालिका ८ का ग्यालु शेर्पाको ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको मृत्यु भएको छ । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाका हिजो साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै च्याउ खाएर ग्यालु शेर्पा, उनकी पत्नी लकी शेर्पा र ७ वर्षीय छोरो पासाङ शेर्पा बिरामी परेका छन् । घाइते मध्ये ग्यालु शेर्पाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । त्यस्तै ग्यालु शेर्पाकी भतिजी ७ वर्षकी पोसी शेर्पा पनि बिरामी परेकी छिन् ।

घाइतेको उपचारका लागि भूसिंगा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली खटिइ उपचार गरी रहेको प्रहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]