Radio Golden Live..

संसदको हिउँदे अधिवेशन हुन्छ : कानुन मन्त्री ढकाल

काठमाडौं ।  सरकारले  संसदको हिउँदे अधिवेशन छिट्टै बोलाउने तयारी गरेको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले हिउँदे अधिवेशन छिट्टै बोलाउन लागिएको बताएका छन ।

आज संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान’ सम्बन्धी एक दिने गोष्ठीमा बोल्दै उहाँले हिउँदे अधिवेशनमा संविधानसँग बाझिएका कानुन संशोधनको कामलाई अघि बढाउने गरी गृहकार्य भइरहेको पनि स्पष्ट पारे ।

मन्त्री ढकालले संसदको आगामी हिउँदे अधिवेशनमा साझा सूची र शान्ति प्रक्रियासँग सम्बन्धित कानुन निर्माणको कामलाई प्राथमिकतामा राखिएको पनि बताए  । कार्यक्रम महान्यायाधिवक्ता अग्नि खरेलले कानुन निर्माणसँग सम्बन्धित निकायहरुको काम, कर्तव्य र अधिकारबारे चर्चा गरेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]