बेइजिङ । दक्षिणपश्चिमी शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि ७ जना बटुवाको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको लेसान शहरमा आज बिहान दुर्घटना भएको हो । सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो ।
यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले ठक्कर दिई ७ जनाको घटनास्थलमै निधन भएको बताइएको छ । यस दुर्घटनामा परि अरु ४ जना घाइते भएका छन् । प्रहरीले विज्ञप्ति प्रकाशन गरेर घटना के कसरी हुन पुगेको हो भन्ने बारेमा अनुसन्धान सुरु भएको जनाएको छ ।