काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता स्वर्गीय चक्र बास्तोलाकी पत्नी कुसुम बास्तोलालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको छ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बास्तोलाकी श्रीमती कुसुमलाई संघर्षशील नारीको संज्ञा दिँदै पार्टी केन्द्रीय सदस्यमा मनोनित गर्ने घोषणा गरेका छन ।
नेता बास्तोलाको निधन भएको ४५औं दिनमा आज काठमाडौँमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै उनले कुसुम बास्तोला जस्तो संघर्षशील महिलालाई पार्टीको जिम्मेवारी दिने निर्णयमा कसैको पनि विरोध नहुने दावी पनि गरेका छन्।