Radio Golden Live..

अष्ट्रेलियाको सिड्नीमा आँधी, सर्वसाधरणलार्इ सावधानी अपनाउन आग्रह

बीबीसी । अष्ट्रेलियाको सिड्नीमा आँधी, जनजीवन प्रभावित सिड्नी । अष्ट्रेलियाको सिड्नीमा आएको आँधीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। आँधीका कारण धेरै स्थानमा बाढी गएको र बिजुली र संचार सेवा प्रभावित हुन पुगेको बीबीसीले जनाएको छ।

मौसमविद्हरुका अनुसार सिड्नीमा एक महिनामा पर्नुपर्ने पानी दुर्इ घण्टामा परेको थियो।आँधीका कारण हवार्इ उडानका साथै रेल सेवा र सार्वजनिक यातायातसमेत अवरुद्ध हुन पुगेको छ।

बाढीका कारण गाडी भित्र फसेका ११ जनाको उद्धार गरिएको अधिकारीहरुले बताएका छन्। कार दुर्घटनामा परी हालसम्म एक जनाको मृत्यु भएको छ। सयौं मानिसहरुले उद्धारका लागि अपिल गरिरहेको अधिकारीहरुले बताएका छन्।

आँधीको गति कम भएको र जमिनमा पानीको सतह कम हुँदै गएपनि अझै बर्षा हुने सम्भावना रहेको मौसाविद्ले बताएका छन्। त्यसैले सरकारले सर्वसाधरणलार्इ घर भित्रै बस्न र आवश्यक परेमा मात्रै बाहिर निस्कन अपिल गरेको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]