Radio Golden Live..

दाङमा महिला हिंसाका घट्ना बढ्यो, एक हजार बढी प्रहरीमा उजुरी दर्ता

दाङ । आर्थिक वर्ष २०७१÷७२ देखि २०७४÷७५ को मङ्सिर पहिलो सातासम्म एक हजार १०७ वटा महिला हिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

बलात्कार, बलात्कारका प्रयास, बहुविवाह, मानव बेचबिखन, घरेलु हिंसा, आत्महत्या, सामाजिक हिंसा, बोक्सीको आरोपलगायतका घटना रहेका छन् । तथ्याङ्कमा उल्लेख भएअनुसार २०७१÷७२ मा २५१ वटा, २०७२÷७३ मा २५१ वटा, २०७३÷७४ मा २७२ वटा, २०७४÷७५ मा ३२५ वटा महिला हिंसाका घटना भएका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षको मङ्सिर पहिलो सातासम्म ६२ वटा महिला हिंसाका घटना प्रहरीसम्म आइपुगेको जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए । तथ्याङ्कमा उल्लेख गरेअनुसार बलात्कारका १२९ वटा, बलात्कार प्रयासका ५३, बहुविवाहका १२, मानव बेचविखनका पाँच, घरेलु हिंसाका ५१९, आत्महत्याका ३३१, सामाजिक हिंसाका ६४, बोक्सी आरोपका आठ जना पीडित रहेका छन् ।

घरभित्रै कुटपिट गर्ने, अपमान गर्ने, घर निकाला गर्ने, घरपरिवारका कुनै पनि व्यक्ति नबोलेर वा गालीगलौज गरेर मानसिक यातना दिने जस्ता घटना बढी आउने गरेको प्रहरी निरीक्षक गौतमले जानकरी दिए ।

महिला पुनःस्थापना केन्द्र ओरेकले दाङमा बितेको १० महीनामा १३५ महिला हिंसाका निवेदन परेकोमा सबैभन्दा बढी घरेलु हिंसा, बलात्कार र बहुविवाहका घटना थिए । यसैगरी औपचारिक सेवा केन्द्र इन्सेकले दाङमा बितेको साढे १० महीनामा अभिलेख गरेको तथ्याङ्कमा १५१ वटा मानवअधिकार हननका घटना भएका थिए ।

त्यसमा पनि सबैभन्दा बढी बलात्कारका ५१ घटना भएका थिए । इन्सेकको तथ्याङ्कमा पनि बालिका बलात्कारको घटना ह्वात्तै बढेको पाइयो । फैसला कार्यान्वय गर्ने निकायको सक्रियता नहु्नु , मुद्दामा लाग्ने खर्च गर्नसक्ने क्षमता नहुनु, सामाजिक लाञ्छनाका कारण अन्याय विरुद्ध सङ्र्घष गर्ने साहस नहुनु जस्ता कारणले न्यायमा महिलाले पहुँच पु¥याउन नसकेको महिला मानवअधिकार रक्षकको सञ्जालकी केन्द्रीय सचिव आचार्यले बताइन ।
पीडित झन पीडित हुने र पीडक खुलेआम हिँड्ने अवस्था रहँदासम्म महिला हिंसाका घटनामा कमी आउन नसक्ने मानव अधिकार सञ्जालका जिल्ला संयोजक केशव आचार्यले दाबी गरे  । समाजमा अन्याय भोगिरेहका महिलामध्ये १३ प्रतिशतले मात्र न्यायालयमा न्याय खोज्न जाने गरेको एक अध्ययनले देखाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]