Radio Golden Live..

फेरि भूकम्पपीडितले पाउने भए थप ५० हजार

काठमाडौं ।  संघीय संसदको विकास तथा प्रविधि समितिले जोखिमयुक्त  समूहमा परेका भूकम्पपीडितलाई थप ५० हजार अनुदान सहायता उपलब्ध गराउने निर्णय तत्काल कार्यान्वयन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले भूकम्प पीडितको गुनासो सुनुवाईमा ढिलाई गर्न पनि प्राधिकरणलाई सचेत गराएको छ । चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने प्राधिकरणको योजना  रहेको समितिकी सभापति कल्याणी खड्काले जानकारी  दिइन् । बैठकले भूमिहिनलाई जग्गाको व्यवस्था गरी पुनर्निर्माणको काम अघि बढाउने कामलाई उच्च प्राथमिकता दिन पनि प्राधिकरणलाई आग्रह गरेको सभापति खड्कीले बताइन् ।

समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको कामकार्वाहीका विषयमा विस्तृत जानकारी गराएका थिए ।उनले अहिलेसम्म पनि पुनर्निर्माणको काम अघि बढाउन नसकेका सेवाग्राहीलाई ३ लाख सरल ऋणको व्यवस्था पनि गरिएको बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]