Radio Golden Live..

राजपाभित्र विवाद : बोलाए भेला त्रिपाठीले काठमाडौंमा

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आन्तरिक विवाद चलिदै गएको छ । पार्टीबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह गठन गरेका ह्रदयश त्रिपाठीले काठमाडौंमा समूहको भेला बोलाएका छन् । मंसिर २८ गते हुने सो भेलाको तयारी भइरहेको समूहका संयोजक ह्रदयश त्रिपाठीले जानकारी दिए । भेलामा देशैभरिका सिमित व्यक्तिको मात्र उपस्थिति रहने बताउँदै उनले यो भेलामा चुनावदेखि हालसम्म देशमा भएका घटनाक्रमको बारेमा छलफल हुने बताए ।
राजपा नेपाल गठनमा विशेष भूमिका खेलेका त्रिपाठी सो पार्टी छाडेर समूह गठन गरी तत्कालिन एमालेको सूर्य चिन्हबाट चुनाव लडेका थिए । त्यसमा नवलपरासीबाट त्रिपाठी, कपिलवस्तुबाट वृजेष गुप्ता प्रतिनिधिसभा र नवलपरासीबाट अजय शाही र कपिलवस्तुबाट धर्मबहादुर लाल श्रीवास्तव प्रदेशसभामा जितेका हुन् ।महन्थ ठाकुरलाई राजपा नेपालको संयोजकबाट हटाएको भोलिपल्ट त्रिपाठीले उनलाई भेटेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]