रुपन्देही । रुपन्देहीमा एक सय २३ जना महिला यो आर्थिक वर्षमा घरेलु हिंसामा परेका छन् । यो आवको भदौदेखि अहिलेसम्म एक सय २३ महिलाले घरेलु हिंसाको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
यो वर्ष मानव बेचबिखन तथा ओसारपसारका ३८, जबर्जस्ती करणीको प्रयास २७, जबर्जस्ती करणी उद्योगअन्तर्गत नौ, बहुविवाहको १६, बालविवाहको एक, कर्तव्य ज्यानसम्बन्धी दुई वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका महिला सेलका असई मीना आचार्यले जानकारी दिए ।