Radio Golden Live..

सरकारको कार्यशैली प्रति प्रधानमन्त्री असन्तुष्ट : नेता थापा

विराटनगर । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जनताको विकासको चाहनालाई पूरा गर्न नसकेको बताएका छन । बर्तमान सरकारको कार्यशैली निराशाजनक रहेको उनको भनाइ छ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकार गठनको अवस्था यसअघिका सरकार भन्दा असमान्य अवस्था रहेको बताए । दुई तिहाई नजिकको सरकार भएर पनि सरकारले ‘विलो द एभरेज’को पर्फर्मेन्स पनि देखाउन नसकेको नेताले बताए ।

नेता थापाले प्रधानमन्त्री स्वयं पनि सरकारको काम गराइप्रति असन्तुष्ट रहेकाले पनि सरकारको कार्यशैली राम्रो नभएको पुष्टि हुने बताए । उनले यो सरकारले राम्रो काम गरोस् भन्ने कांग्रेसको शुभेच्छा रहेको भन्दै बर्तमान सरकारले जनताको विकासको चाहनालाई पूरा गर्न सक्नुपर्ने बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]