Radio Golden Live..

रहेनन् अब मगर संघका पुर्व केन्द्रीय उपाध्यक्ष घर्ती

काठमाडौं । नेपाल मगर संघका पुर्व केन्द्रीय उपाध्यक्ष तथा वर्तमान सल्लाहकार नेता नन्द बहादुर घर्तीको निधन भएको छ । नेपाली समाज र देशको विकास वा सामाजिक न्याय प्राप्तिको अभियानमा लामो समयदेखि जीवनका ऊर्जाशील समय खर्चि रहेका नेपाल मगर संघका पुर्ब केन्द्रीय उपाध्यक्ष तथा वर्तमान सल्लाहकार वा नेता घर्ती मगरको निधन भएको छ ।

नेता घर्ती मगरको यो हत्या प्रकरणलाई नेपाल आदिवासी जनजाति महासंघ र नेपाल मगर संघले निकै गंभीरतापुर्वक लिएको छ। जुनसुकै कारणले हत्या भए पनि हत्याप्रति महासंघ र संघ घोर भत्सर्ना गर्दै निष्पक्ष छानबिन गरी हत्यारालाई हदैसम्मको कानुनी कार्बाहीका लागि सरकारसंग जोडदार माग गरिएको छ ।संघका अध्यक्ष नवीन रोका मगरले जारी गरेको विज्ञप्ती मार्फत यदि माग पुरा नभए जनताको तहबाट नै पहलकदमी लिने समेत चेतावनी दिइएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]