Radio Golden Live..

कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते

कपिलवस्तु ।  कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगेमा  बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।कृष्णनगरबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनमा परी १५ जना घाइते भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।घाइतेमध्ये ८ जनालाई जितपुरमा उपचारपछि घर पठाइएको र बांकी ७ जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।बस चालक २८ वर्षीय रमेश पुन गम्भीर घाइते भएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]