Radio Golden Live..

निवेदन दिए पुनर्वहालीको माग गर्दै एसपी विष्ट र निरीक्षक भट्टले

काठमाडौ । पुनर्वहालीको माग गर्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका छन्। पुनर्वहालीको माग गर्दै भट्टले गत आइतबार र विष्टले मंगलबार मन्त्रिपरिषद्मा निवेदन दिएको उनीहरूका आफन्तले जानकारी दिएका छन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै उनीहरू दुवैलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको सेवाबाट हटाउन गृहमन्त्रालयलाई पत्राचार गरेका थिए। सोही पत्रका आधारमा गृहमन्त्रालयले कात्तिक ८ गते एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो। हटाएको ३५ दिनभित्र पुनर्वहालीको लागि मन्त्रिपरिषद्मा निवेदन दिनुपर्ने प्रावधानअनुसार दुवैले निवेदन दिए हुन्।

  गत साउन १० गते साथी रोशनी बम घरमा गएकी निर्मलाको भोलिपल्ट उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो। हत्या भएको झण्ड पाँच महीना हुनै लाग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। अनुसन्धानका क्रममा प्रहरीले ९ जनाको डिएनए परीक्षण र सयौँ जनासँग सोधपुछ गरिसकेता पनि ठोस प्रमाण भेटाउन सकेको छैन।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]