काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आज राजधानीमा विप्लव नेतृत्वको नेकपाले प्रदर्शन गरेको छ।
हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दवाव स्वरुप नेकपाले देशका विभिन्न स्थानमा प्रदर्शन गरेको हो ।
राजधानीमा भएको प्रदर्शनका क्रममा विप्लवका नेता कार्यकर्ताले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । पन्तको गत साउन १० मा बलात्कारपछि हत्या भएको अवस्थामा शब फेला परेको थियो ।