Radio Golden Live..

महानगरीय प्रहरी सातदोबाटोद्धारा अवैध घरेलु मदिरा तथा विष्फोटक पदार्थ नष्ट

ललितपुर । महानगरीय प्रहरी वृत सातदोबाटोले अवैधरुपमा राखिएका मदिरा र मदिरा बनाउन प्रयोग गरिने घरेलु कच्चा पदार्थ नष्ट गरेको छ । प्रनाउ गौतम मिश्रको नेतृत्वमा गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नम्वर १३,१४,र १५ का विभिन्न स्थानहरुबाट ठूलो परिणाम घरेलु मदिरा बरामत गरेको हो ।

बरामत गरेका मदिरा स्थानिय समाजसेवी,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी र पत्रकारको रोहबरमा  सातदोबाटोको कम्पाउनण्डमा नष्ट गरिएको प्रनाउ मिश्रले जानकारी दिए । यसैगरि ललितपुर महानगरपालिका वडा नम्बर १५ सातदोबाटोमा दिपक साह सोनारले संचालन गर्दै आएको  बी एन साईकल मर्मत केन्द्रबाट प्लाष्टिकका बोरा खुल्ला र प्याकिङ गरेको अवस्थामा आतिसबाजी र पटकाहरु ठूलो परिणाममा फेला पारेको छ  ।

संचालक दिपक  साह सोनाललाई पक्राउ गरिएको प्रनाउ मिश्रले जानकारी दिए । सोनाललाई आवश्यक कावार्हीका  जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । जिल्ला अदालत ललितपुरको आदेशमा विष्फोटक पदार्थहरुलाई निष्क्रीय  परिएको प्रनाउ मिश्रले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]