Radio Golden Live..

डिस्कोमा नाचेर अरुलाई डिस्टर्ब नगर्न महानिरीक्षक खनालको आग्रह

चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सामाजिक परिवेश अनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन । डिस्कोमा नाचेर अरुलाई डिस्टर्ब गर्न नपाइने समेत  महानिरीक्षक खनालले बताए । रातको समयमा गुञ्जयमान हुनेगरी डिस्को सञ्चालन हुने गरेको उनले आरोप लगाए ।सामाजिक परिवेश अनुसार मर्यादित व्यवसाय गर्नुपर्ने भन्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आयोजित अन्तरक्रिया कार्यक्रममा खनालले   पर्यटकीय क्षेत्रमा कार्यक्रमको प्रकृति हेरेर समय उपलब्ध गराउन सकिने बताए ।

उनले अभद्र र अनैतिक गतिविधि सञ्चालन हुन नदिने बताए । पर्यटनको माध्यमबाट देशको आमूल विकास गर्न सकिने सम्भावना औंल्याउँदै खनालले यो क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउन सुझाए । सौराहा देशकै पर्यटकीय केन्द्र भएकाले यसको सुरक्षाका लागि नेपाल प्रहरीले योजनावद्ध ढंगले काम गर्ने प्रतिबद्धता पनि खनालले उक्त अवसरमा जनाए ।सौराहामा प्रहरी पेट्रोलिङका लागि खनालले ७ वटा मोटरसाइकल समेत उक्त अवसरमा हस्तान्तरण गरेका छन् । सौराहाको निर्वाध पर्यटकीय गतिविधी र सुरक्षाका लागि ५ दरवन्दी थप्ने जानकारी पनि उनले दिएका छन्

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]