Radio Golden Live..

संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं । संवैधानिक परिषदको बैठक स्थगित भएको छ। अर्को बैठक मंसिर २२ गते बस्ने गरी आजको बैठक स्थगित भएको हो। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस गर्नका लागि बैठक डाकिएको थियो। संवैधानिक परिषद्का सदस्य नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तताले गर्दा आजको बैठकले नाम सिफारिस गर्न नसकेको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए। केन्द्रीय समितिको बैठकका कारण देउवा बैठकबाट छिटो निस्किएका हुन्।

आजको बैठकमा प्रधानन्यायाधीशका लागि र अरु संवैधानिक निकायका लागि सिफारिस भएर आएका नाममा सामान्य छलफल भएको तिमिल्सिनाले बताए। उनले २२ गतेको बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने सम्भावना रहेको बताए। अरु सिफारिसका लागि पनि बृहत छलफल गर्नुपर्ने भएकोले आजको बैठकले कुनै पनि निर्णय नगरेको अध्यक्ष तिमिल्सिनाले बताए। न्याय परिषदले सर्वोच्चका न्यायधीशहरु दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि सिफारिस गरेर पठाएको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]