Radio Golden Live..

नेपाल–बंगलादेश उर्जा संयन्त्रको बैठक आजदेखि काठमाडौंमा सुरु

काठमाडौं ।   नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक  सुरु भएको छ।   बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समूह’को पहिलो बैठक हायत होटलमा सुरु भएको हो। बैठकको आज पहिलो दिन  सहसचिव स्तरीय ‘संयुक्त कार्य दल’को बैठकको नेतृत्व नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र बंगलादेशको तर्फबाट त्यहाँको  विद्युत, उर्जा तथा खनिज स्रोत मन्त्रालयका सहसचिव शैख फैजुल अमिनले गरेका छन्।

बैठकमा अन्तरदेशीय प्रशारण लाइन, विद्युत व्यापारको मोडालिटी, जलविद्युतमा बंगलादेशको लगानी, माथिल्लो कर्णालीको विद्युत खरिद र नवीकरणीय उर्जामा सहकार्य गरेर ५ वटा मुख्य एजेन्डामा छलफल हुने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव घिमिरेले जानकारी दिए। बंगलादेशका विद्युत, उर्जा तथा खनिज स्रोत सहसचिव अमिनले बैठकमा नेपालको जलविद्युत क्षेत्रमा गर्ने लगानीका विषयमा विस्तुत छलफल हुने बताए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]