Radio Golden Live..

मोटरसाइकलमा ६ आगजनी

लमही । दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा ६ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]