Radio Golden Live..

नौ स्थानीय तहका ५४ वडा सचिवविहीन

बाजुरा ।  बाजुराका अधिकांश  स्थानीय तह वडा सचिव विहीन भएको छ ।  जिल्लाका नौ स्थानीय तहका  ५४ वटा वडामा सचिव विहीन भएको हो ।  वडामा सचिव नभएपछि वडा कार्यालयबाट हुने कामका लागि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकाको केन्द्रमै पुग्नुपर्ने बाध्यता छ । हालसम्म पनि वडा सचिव वडा कार्यालयमा नपठाइँदा वडाका काम पनि नगरपालिकाबाटै गर्नु परेको हुँदा काममा निकै चाप थपिएको बूढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले बताए  । एक सचिवले दश वटै वडाको काम गर्नु परिरहेकाले त्यसको चाप नगरपालिकामा थपिएको उनको भनाइ छ । वडा सचिव नहुँदा नजीकबाटै सेवा लिने स्थानीयवासी गाउँपालिकाको केन्द्रसम्मै पुग्नुपर्ने बाध्यता एकातिर छ भने गाउँपालिकाले प्रवाह गर्ने सेवामा समेत असहजता भरहेको स्वामीकार्तिक खापर गाउँपालिकाका सूचना अधिकारी कुबेरबहादुर शाहीले बताए  ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]