Radio Golden Live..

नेपालको सङ्घीयता नितान्त फरक छ : सभामुख महरा

गाईघाट । सभामुख कृष्णबहादुर महराले  नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश भएकाले नेपालमा सङ्घीयता आफ्नै मौलिकता रहेको बताएका छन् । महराले नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताए ।

उदयपुरको गाईघाटमा आज आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा  सभामुख महराले जनप्रतिनिधिले सङ्घीयताको नाममा अन्य देशको जस्तो चाहियो भनेर अधिकारको कुरा गर्नु भन्दा हाम्रो देशको भौगोलिक, संस्कृति, जातीय बनावट हेरेर मात्र हाम्रो मौलिक सङ्घीयता स्वीकार गर्नपर्ने आवश्यकता रहेको धारणासमेत व्यक्त गरेका हुन्।

राज्यको तीनै तहले अधिकार खोज्दा र कुरा गर्दा संविधानले निर्दिष्ट गरेकोमात्र आफूहरुको अधिकार हो भनेर बुझ्न समेत उपस्थित जनप्रतिनिधिलाई उनले आग्रह गरे ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]