Radio Golden Live..

सुनसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट अवैध रुपमा ल्याउँदै गरेको सुनसहित एकजनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षामा खटिएको टोलीले तीन थान सुनको बालासहित धनुषा गणेशमान नगरपालिका–४ का वशकिल महमदलाई हिजो दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका महमदबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]