Radio Golden Live..

पपुवामा कामदारमाथि आक्रमण ,३१ मृत्यु

जयापुरा । इन्डोनेसियाको   पपुवामा पृथकतावादीहरुको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको प्रहरी स्रोतले आज जानकारी दिएको छ । सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ । पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको थियो । नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो । अन्य आठ जना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताए । एक जना भने त्यहाँबाट भागेका तर उनी हालसम्म वेपत्ता रहेको बताइएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]