Radio Golden Live..

एशीया प्यासिफिक समिटमा सरकार सहभागी भएकोमा नेताहरुको आपत्ति

काठमाडौं । युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफैं सहभागी भएकोमा प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले विवादास्पद कार्यक्रममा सरकार आफैं सहभागी लज्जाबोधको विषय भएको बताए । कांग्रेस नेता विश्वकर्माले विवादित संस्था यूपीएफले आयोजना गरेको एशीया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहीन सरकारको रुपमा परिचित भएको दावी समेत गरे। यूपिएफ जस्तो कर छलीलगायत आरोपमा फसेको संस्थालाई नेपालमा कार्यक्रम गर्न लगाएर सरकारले दुई छिमेकी मुलुक भारत र चीन तथा विश्वका कूटनीतिक महत्व राख्ने विभिन्न मुलुकहरूको नेपालप्रतिको विश्वासलाई समेत टुटाएको कांग्रेस नेता विश्वकर्माको तर्क छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले पनि क्रिष्चियन धर्मको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको दावी गरे। आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले धर्म निरपेक्ष राष्ट्रको सरकार कुनै एउटा धर्मको प्रचारमा सहभागी हुनु, खर्च गर्नु संविधान विरोधी काम भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०का अध्यक्ष पशुपतिशमशेर राणाले क्रिष्चियन धर्म प्रचार संस्थाले आयोजना गरेको कार्यक्रममा राज्य संयन्त्रको परिचालन हुनु आपत्तिजनक रहेको बताए। उनले यो घटनाले मुलुकमा जातिय द्वन्द्व निम्तन सक्नेतर्फ पनि सचेत गराए। प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी भएकोमा अध्यक्ष राणाको आक्रोश छ। अध्यक्ष राणाले द्वन्द्वको चपेटाबाट भर्खरै मुक्त भएको मुलुकमा पुन जातीय द्वन्द्व ल्याउने गरी सरकार एशीया प्यासिफिल समिटमा सहभागी भएको पनि बताए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]