एजेन्सी । लिबियाको मसुरता शहरमा डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ । राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा भएको हो । गैरकानुनी रुपमा सो जलक्षेत्रमा गएका ती आप्रवासीको दुर्घटनामा मृत्यु भएको छ ।
एउटा रबर–निर्मित डुङ्गामा गैरकानुनी रुपमा सवार २५ जना आप्रवासीमध्ये १५ जनाको डुबेर मृत्यु भएको छ भने अन्य १० जनाको उद्धार गरिएको समाचारमा उल्लेख छ । हजारौं आप्रवासीहरु गैरकानुनी रुपमा भू–मध्यसागर हुँदै लिबियाबाट युरोप पुग्ने गरेका छन् ।