Radio Golden Live..

निर्मला हत्या प्रकरण : काठमाडौंबाट युवा पक्राउ

 काठमाडौं  ।  निर्मला हत्या प्रकरण आरोपमा  काठमाडौंबाट २२ वर्षका युवालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आरोपमा पक्राउ गरेको छ।

बलात्कारपछि हत्या गरिएकी कञ्‍चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको घटनामा जोडिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।  प्रहरीले उनको नाम भने गोप्य राखेको छ।

उनलाई पक्राउ गर्नेबित्तिकै डिएनए टेस्टका लागि स्याम्पल पठाइएको सिआइबीले जनाएको छ। प्रहरीका अनुसार ती युवामाथि प्रहरीलाई सुरुवाती दिनदेखि नै शंका थियो। तर, उनी भारतमा भएको परिवारले बताउँदै आएको थियो।

निर्मला हत्या प्रकरणमा उनको केही न केही हात हुन सक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले उनलार्इ हिजो साँझ पक्राउ गरेको हो।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]