Radio Golden Live..

राष्ट्रपति भवन अगाडि न्याय माग्दै प्रदर्शन, ११ जना पक्राउ

 काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए भने त्यसमा ‘म निर्मला’  शिलत निवाशमा लेखिएको कागज टाँसेका थिए । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।उनीहरुलाई वृत्तको हिरासतमा राखिएको छ । यसैबीच, पन्तको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  शिलत निवाशमा प्रदर्शन

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]