Radio Golden Live..

वीरगंज युनाइटेड सम्मानित

वीरगंज । नेक्सस क्रिकेट एकेडेमीले काठमाडौंको मुलपानीमा आयोजना गरेको मिलानो नेक्सस कप अन्डर १६ टि—ट्वाइन्टी क्रिकेट प्रतियोगिताको विजेता टोली वीरगंज युनाइटेडलाई गृहनगर वीरगंजमा सम्मान गरिएको छ ।  राष्ट्रिय जनता पार्टीले एक कार्यक्रम गरि टोलीलाई सम्मान गरेको हो । मंसिर ७ देखि १४ गतेसम्म चलेको प्रतियोगितामा सहभागि १२ टोलीलाई उछिन्दै वीरगंज युनाइटेडले उपाधी चुमेको थियो । प्रतियोगिताको फाइनलमा वीरगंज युनाइटेडले सनराईज क्रिकेट क्लब महेन्द्रनगरलाई पराजित गर्दै उपाधि जितेको थियो ।
सांसद अलि मन्सुरको कप्तानीमा रहेको टोलीमा समिर मन्सुरी, निखिल सिंह, सैफ अलि हवारी लगायत खेलाडी रहेका थिए । टोलीमा सहभागि सबै खेलाडीलाई सम्मान गरिएको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]