गोरखा । गोरखा नगरपालिका–१४ स्थित गोर्वुङमा करीब रु चार करोडको लागतमा जडीबुटी खेती शुरु भएको छ । आयुर्वेदिक औषधि बनाउन भारतीय बजारबाट आयात गर्नुपर्ने जडीबुटी नेपालमै उत्पादन गर्ने उद्देश्यले जडीबुटी खेती शुरु गरिएको हो । गोरखा आयुर्वेदिक कम्पनीलाई बिक्री गर्ने गरी गोरखा प्राङ्गारिक हर्बल फार्म दर्ता गरी जडीबुटी खेती शुरु गरिएकोे फार्मका सञ्चालकसमेत रहेका वनस्पती विज्ञ डा। खेमराज भट्टराईले बताए। करीब १०० रोपनी जग्गा खरीद गरेर अहिले ६० जातका जडीबुटी खेती शुरु गरे सञ्चालक डा भट्टराईले बताए । फार्ममा अमला, अशोक, मोरिङ्गा, दालचिनी, तेजपत्ता, कोइराला, निम्स, कालमेगलगायतका जडीबुटी खेती गरिएको उनको भनाइ छ ।