Radio Golden Live..

एभरेस्ट प्रिमियर लिग : ललितपुरको पहिलो जित

काठमाडौं । एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रीएट्सले चितवन टाइगर्सलाई हराएको छ। टस जितेर ब्याटिंग रोजेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो। एक सय ४४ रनको लक्ष्य पछ्याएको चितवन पुरै २० ओभर खेलेर ८ विकेट गुमाउँदै एक सय ३२ रनमै समेटिएको छ।  ललितपुरको यो पहिलो जित हो। हिजोको खेलमा ललितपुर पराजित भएको थियो। ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मात्र तीन रनमा पेभेलियन फर्किए । ६१ रनमा तेस्रो विकेट खेर फालेको ललितपुरले एक सय नौ रनमा  चौथो विकेटका रुपमा सन्नी पटेललाई १९ रनमा गुमायो । फितलो ब्याटिङ गरेको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल पनि मात्र तीन रनमा आउट भएपछि एक सय १४ रनमा पाँचौ विकेट खेर फाल्यो । अन्तिममा सन्दीप जोराले आक्रामक २५ तथा सोनु तामाङले ३० रन बनाए । बलिङमा जर्ज स्कटले दुई विकेट लिए ।जवाफमा चितवन २० ओभरमा ८ विकेट गुमाउदा एक सय ३२ रनमा रोकियो । मात्र २ रन हुँदा पहिलो विकेट गुमाएको चितवनले १६ रन बनाउदा तीन विकेट खेर फाल्यो । टिम निकै दबावमा रहेका केला कप्तान पृथु बास्कोटा र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । तर पृथु २६ रनमा आउट भएपछि चितवनले ६० रनमा चौथो विकेट गुमायो । उसका लागि दिपेन्द्र ऐरी ४१ रन बनाए भने जर्ज स्कटले अन्तिममा १७ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]