Radio Golden Live..

विभागीय टोलीआर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । जितपछि आर्मी ७ खेलबाट १७ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । पराजित ब्रिगेड ब्वाइज समान सात खेलबाट चार अङ्कसहित तालिकाको ११औं स्थानमा छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]