Radio Golden Live..

सुरु भयो प्रदेश नं ५ मा करार खेती शुरु

रुपन्देही । प्रदेश नं ५ मा करार खेती कार्यक्रम शुरु भएको छ । भूमिहीन किसानलाई लक्षित गरी प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले करार खेती कार्यक्रम अघि सारेको हो । जग्गा अभावमा खेती गर्न नपाएका किसानलाई मन्त्रालयले करारमा जग्गा उपलब्ध गराउने नयाँ योजना ल्याएपछि करार खेतीका लागि ६५ जना कृषकले आवेदन दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले जानकारी दिए। आवेदनका लागि मन्त्रालयले असोज २५ गतेदेखि ४५ दिनको म्याद राखिएको थियो । विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्र तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आवेदन सङ्कलनको काम भएको उनले बताए । स्थानीय तहले गरेको भूमिहीन भएको सिफारिशका आधारमा मन्त्रालयले खेती गर्नका लागि जमीन प्रदान गर्नेछ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]