Radio Golden Live..

जातिय छुवाछुत गरे सदस्यता खारेज हुन्छ : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि सदस्य तथा नेताहरूले जातिय छुवाछुत गरेमा उनीहरूको पार्टी सदस्यता खारेज गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पेश भएको राजनीति प्रतिवेदनमा यस्तो उल्लेख गरिएको प्रवक्ता विश्व प्रकाश शर्माले बताए । सदस्यहरूको सदस्यता खारेज हुने छ भने नेताहरूलाई कारबाहीसहित सदस्यता पनि खारेज गरिने उनले बताए छ । कांग्रेसका हरेक तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउने र  आदिवासीलगायतलाई पार्टीमा समावेशीताको हिसावले प्रतिनिधित्व गराउने पनि प्रतिवदेनमा उल्लेख गरिएको छ । यसैगरी नेतृत्वमा मधेशलाई समावेश गर्ने, अन्तर्रा्ष्ट्रिय सम्बन्धका विषयमा राष्ट्रहितलाई ध्यान दिने र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारका लागि पहल गर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]